Logo

कतारका अमिरको नेपाल भ्रमणका क्रममा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरिने



काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतारका राजा शेख तमिम बिन हमाद अल–थानीको नेपाल भ्रमणका क्रममा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरिने बताएका छन् । कतारका अमिर अल–थानी आगामी मंगलबार दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । सो क्रममा प्यालेष्टानी विद्रोही समूह हमासको कब्जामा रहेका विपिनको सकुशल रिहाइका लागि पहल गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय, कृषि संकायबाट लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएरका विपिन लामो समयदेखि सम्पर्कविहीन छन् । उनी विद्रोहीहरुको कब्जामा रहेको आँकलन गरिएको छ ।

सुदूरश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिनभित्रै कतारका राजा (अमिर) नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । हामीले एउटा एजेण्डा विपिन जोशीको रिहाइमा उहाँहरुले खेल्नसक्ने भूमिकालाई पनि बनाएका छौं ।’

प्रधानमन्त्री प्रचण्डले आज बिहानमात्रै आफूले कुबेतको एउटा टिभीलाई दिएको अन्तरवार्ता दिएको र विपिनको रिहाइका निम्ति कतारले खेल्नसक्ने भूमिका र माग पनि गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्