Logo

सत्ता समीकरणलाई जोडेर रवि लामिछानेमाथि प्रहार भइरहेको मन्त्री चौधरीको दाबी



काठमाडौं, ९ वैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले सत्ता समीकरणलाई जोडेर वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाइएको बताएकी छन् । आज (आइतबार) काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उनले सत्ता समीकरणलाई जोडेर लामिछानेमाथि प्रहार भइरहेको दाबी गरेकी हुन् ।

उनले पत्रकारिता सम्मानित पेश रहेको बताईन् । पत्रकारिता क्षेत्रबाट नेपाल सरकारको उपप्रधान एवं गृहमन्त्री बनेको उल्लेख गर्दै उनले भनिन्, ‘यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको छ । अहिलेको समीकरणलाई पनि त्यो जोडेर आएको छ ।’

उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा विवादमा तानिएका छन् । लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाइरहेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाएरै छानविन गरिनुपर्ने माग राख्दै आएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्