Logo

पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध



काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४० वर्षको अल्पायुमै निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

आइतबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् ।

केही समयदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठको एक सातादेखि अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा वैशाख ६ गते बिहीबार निधन भएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमान र एक छोरी छन् ।

झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ २०६४ सालमा हेटौडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आवद्ध रहेर काम गरेकी थिइन् । २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जमा आवद्ध रही पछिल्लो डेढ दशकदेखि युवालक्षित कार्यक्रम निर्माण र सञ्चालकका रूपमा कार्यरत श्रेष्ठ त्यस दौरान चितवन र वीरगञ्जको विभिन्न रेडियोमासमेत काम गर्न पुगेकी थिईन् ।

श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला रेडियोकर्मी गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा मृतक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot