Logo

सम्भावित राजनीतिक दुर्घटना रोक्न सुदूरको मुख्यमन्त्री छाड्यौंः रञ्जिता श्रेष्ठ



काठमाडौं, ९ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले वर्तमान सत्ता समीकरण जोगाउनका लागि सुदूरपश्चिमको मुख्यमन्त्री छाडेको बताएकी छन् । आज (आइतबार) धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संघीय सत्ता समीकरणलाई बलियो बनाउन र सम्भावित राजनैतिक दुर्घटना हुन नदिन आफू एक कदम पछाडि हटेको बताएकी हुन् ।

सुदूरपश्चिममा नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नेपाली कांग्रेससहितको समर्थनमा नाउपाका संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । त्यस्तै, एमाले–माओवादीको समर्थनमा रञ्जितानिकट कैलाश चौधरीले दाबी पेश गरेका थिए । एकै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजीर मियाँले निश्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै अर्को दाबी पेश गर्न दुई दिएको समय दिएर आह्वान गरेका थिए ।

दुई जना सांसदको दाबी परेर पनि अन्ततः नाउपा रिङ आउट भएर सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारीको नेतृत्वमा सरकार बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot