Logo

मिलन लिम्बुमाथि ज्ञानेन्द्रको गम्भीर आरोपः ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्नेलाई के आधारमा भोट दिने ?



काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आगामी उपनिर्वाचनमा पार्टीको एजेण्डा स्थापित गरेर देखाउने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासग संवाद गर्दै उनले यसपटक विकल्पको भोट राप्रपालाई आउने दाबी गरेका हुन् । साथै, आफूले चुनावी अभियानका क्रममा त्यहाँका जनतालाई पार्टीको एजेण्डा स्पष्ट भनेको र अन्य दलका उम्मेदवारलेझैं नढाटेको बताए । उनले यो देशको एकमात्र पहिचान नेपाल र नेपाली रहेको बताए । नेपाल र नेपाली पहिचान मन नपर्नेले राप्रपालाई मतदान नगर्नसमेत भनेको उनले बताए ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले यसअघि इलाममा ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्ने अभियान नै चलाएको उनको आरोप छ । यस्तो प्रकारको अभियान चलाएकालाई इलामेली जनताले भोट नदिने उनको भनाइ छ ।

‘उहाँले इलाममा ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ अभियान चलाउनु भएको रहेछ । अहिले क्षेत्री बाहुनले के आधारमा उहाँलाई भोट हाल्नुहुन्छ ?’ प्र्रश्न गर्दै नेता शाहीले भने, ‘उहाँले पहिचानवादी भन्नुभएछ, रास्वपाले टिकट दिएपछि यता आइहाल्नु भएछ । पहिचानको मुद्दा नै छोड्नु भएछ । एक हप्ताअघिमात्रै यो रास्वपा भन्ने पार्टी कामै नलाग्ने पार्टी हो, म यस्ता पार्टीमा पनि जान्छु ? जान्न भनुभएछ ।’



प्रतिक्रिया दिनुहोस्