Logo

ओलीलक्षित माधवको टिप्पणी: हामी कसैका दास बन्न राजनीतिमा आएका होइनौँ, गठबन्धन कतिन्जेल टिक्छ भन्न सकिँदैन



काठमाडौं,१० वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वर्तमान गठबन्धनको सरकार कति दिन टिक्छ भन्न नसकिने प्रष्ट पारेका छन् ।

नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताए ।

“गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसो गर्दा सधैं टिक्यो भने ठिकै हुन्छ, कतिन्जेल टिक्छ भन्न सकिँदैन,” एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेपालले भने, “हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ ।”

सत्तारुढ गठबन्धनमा देखिएको खटपछि प्रचण्ड र माधव एउटै कार्यक्रममा पहिलोपटक देखिएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको थियो । तर, उनी अस्वस्थ भएपछि कार्यक्रममा उपस्थित भएनन् ।



प्रतिक्रिया दिनुहोस्