Logo

स्वतन्त्र उम्मेदवार थेगिमको स्पष्टोक्तिः पहिचान सभ्यता हो, जातीय राजनीति होईन



काठमाडौं, १० वैशाख । आसन्न इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले एक जनाको पहिचान खोज्दा अर्काको पहिचान मेट्ने काम गर्न नहुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकले अर्काको पहिचानलाई स्वीकार्न नसक्दा अहिले कोशी प्रदेशमा अशान्ति सुरु भएको बताएका हुन् ।

‘पहिचान भनेको सभ्यता हो, जातीय राजनीति होईन । क्षेत्री, बाहुन, राई, लिम्बु, मगर सबैको आ–आफ्नो पहिचान हुन्छ । हरेकले एकले अर्कोलाई सम्मान गर्नुपर्छ । अहिले प्रदेश १ मा अशान्ति आउनुको कारण एउटाको पहिचानलाई अर्कोले नामेट गर्न खोज्दा हो,’– उनले भने ।

इलामलाई समृद्ध बनाउने योजना आफूसँग रहेको उनले दाबी गरे । इलामको समृद्धिका लागि बौद्धिक बहस आवश्यक रहेको उनको भनाइ छ । थेगिमलाई पहिचानवादीहरुले समर्थन गरेका छन् । साथै, अन्य पहिचान पक्षधर दलहरुको पनि थेगिमलाई समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot