काठमाडौं,१० वैशाख । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिईन् ।
त्यस्तै बैठकले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने पनि निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।