Logo

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान



काठमाडौं,१० वैशाख । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको छ।

नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे। मञ्चमा नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot