Logo

देउवालाई पुराना मित्र सम्बोधन गर्दै ओलीले भने: बेलाबेला उहाँ अलि जोशिनुहुन्छ



काठमाडौं,१० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पुराना मित्र भन्दै सम्बोधन गरेका छन् ।

एमालेले आयोजना गरेको नेकपाको हीरक महोत्सवलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अर्का पूर्व प्रधानमन्त्री देउवालाई पुराना मित्र बनेका हुन् । यसअघि सम्बोधनकै क्रममा एमाले महासचिव शंकर पोखरेलले पनि देउवालाई ओलीका पुराना मित्र र जेलको साथी भनेर सम्बोधन गरेका थिए ।

ओलीले देउवालाई पुराना मित्र भन्दै बेला बेला जोशिने गरेको भन्दै कटाक्ष गरे । “मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ,” देउवाप्रति संकेत गर्दै ओलीले भने ।

ओली भन्दा अघि कार्यक्रमलाई सम्बोधन गरेका देउवाले एमालेले आफ्नो पार्टीलाई गालीमात्र गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्