Logo

राप्रपाले भन्यो: नेपालको राजालाई पनि स्थान,श्रीपेच र इज्जत देऊ



काठमाडौं,१० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका राजालाई विदेशीको इशारामा फालेर विदेशका राजालाई नेपाल बोलाएकोबारे प्रश्न उठाएको छ ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आफ्ना राजालाई फालेर विदेशका राजालाई नेपाल ल्याउनु भन्दा देशकै राजालाई उचित सम्मान र स्थान दिन माग गरेका छन् ।

उनले भनेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

कतारका अमिर (राजा) २ दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आउँदैछन् । उनको सम्मानका लागि सरकारले मंगलबार सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्