Logo

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ मा



काठमाडौं, वैशाख १०। क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदन मुद्दा आज पनि हेर्न नभ्याईनेमा परेको । उक्त मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीशद्धयले मुद्दालाई हेर्न नभ्याइनेमा राखेका छन् ।

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot