Logo

गण्डकी सरकारविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा



काठमाडौं । गण्डकी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेशीमा सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सो रिटमा पर्सी पनि सुनुवाई हुनेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी पेश गर्दा सभामुखलाई समेत जोडेको भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्चमा पुगेका हुन् ।

पाण्डेले रिटमा अधिकारीको नियुक्ति बदर गरेर आफैलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् । यसअघि सो रिट न्यायाधीश विनोद शर्माको एकल इजलासले सुनुवाई गर्दै अग्राधिकार दिँदै छिटो टुंग्याउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot