Logo

मोहन वैद्यको दाबीः एमाले, माओवादी र एकीकृत समाजवादी कम्युनिष्ट होईनन्



काठमाडौं, १० वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले अहिले सरकारमा कम्युनिष्टको नाममा दक्षिणपन्थी अवसरवादी धार रहेको दाबी गरेका छन् । सोमबार १५५औं लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले, माओवादी र एकीकृत समाजवादी कम्यनिष्ट नै नभएको दाबी गरेका हुन् ।

‘सत्तामा कम्युनिष्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिष्टहरु छ, सरकारमा कम्युनिष्ट छ भनेर बदनाम गरिरहेको छ । ती कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवादी धार हो,’– उनले भने ।

साथै, एमाले भाइ कांग्रेस बन्ने यात्रामा रहेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot