Logo

कतारका अमिरलाई नेपालले ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ उपहार दिने



काठमाडौं,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ति उपहार दिने भएको छ ।

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ अमिरलाई दिने तयारी गरिएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

रूद्रकली साढे ५ वर्षको हात्ती हो। पूजाकलीले जन्माएको यो हात्तीको दरबन्दी निकुञ्जको कछुवानी पोष्टमा थियो। पूजाकलीको केही वर्ष पहिले मृत्यु भएको थियो। खगेन्द्र प्रसाद खगेन्द्रमल्ली पोष्टमा जन्मिएर अहिले हात्ती प्रजनन् केन्द्रमा हुर्किरहेको छ। ऊ कोशी कलीको साढे ४ वर्षे छावा हो।



प्रतिक्रिया दिनुहोस्