Logo

रविलाई विश्वप्रकाशको चुनौतिः ‘गृहमन्त्री लामिछानेले सहकारी ठगेका छन् भनेर हिँड्ने कांग्रेसका महामन्त्रीलाई मानहानीको मुद्दा हालेहुन्छ’



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको ठोकुवा गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण आफूहरुसँग प्रर्याप्त रहेको बताएका हुन् । महामन्त्री शर्माले आसन्न उपनिर्वाचनपछि संसद्मा उभिएर लामिछानेविरुद्धका प्रमाण एक, दु्ई, तीन गरेर पेश गर्ने पनि बताए ।

‘संसद्मा उभिएर कांग्रेसका दुवै महामन्त्री पालैपालो भन्छन्,– सहकारी ठगीमा गृहमन्त्री सामेल हुनुहुन्छ । मैले खुल्लामञ्चको सभामा पनि भनेँ । कि के गर्नुपर्यो भने सम्मानीत सार्वोच्च अदालतमा मानहानीको मुद्दा लगाउन पर्यो । ठगी भएको छ भन्ने हाम्रो आशंका छ भनेर हामीले भन्न पाइँदैन । यसरी बोलेर हिँडेका कांग्रेसका महामन्त्रीहरुलाई सम्मानित सर्वोच्च अदालतमा उहाँले मानहानीको मुद्दा लगाए हुन्छ,’– उनले भने ।

उदाउँदै गरेका नेतालाई दोषीको दाग लगाउने अधिकार कांग्रेसको महामन्त्रीलाई नरहेको उनको भनाइ छ । उनले आफू निर्दोष भए मानहानीको मुद्दा हाले र निर्दोष प्रमाणित गरी देखाउन चुनौति दिए ।



प्रतिक्रिया दिनुहोस्