Logo

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा निजी क्षेत्रलाई कन्ट्रोल गरेर जानुपर्ने सोच कायमै रहेको खण्डमा देश पछि पर्ने बताएका छन् । आज (मंगलबार) लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको मोडल तयार पार्नुपर्ने बताए ।

साथै, उनले निजी क्षेत्रलाई विश्वासमा लिएर नेपाल लगानीमैत्री छ भन्ने सन्देश दिन आवश्यक रहेको पनि बताए । सरकार निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यलाई गुणात्मक बनाउन तयार रहेको उनको भनाइ छ ।

‘निजी क्षेत्रलाई कन्ट्रोल नै गरेर राख्नुपर्छ भनेको जस्तो सोच राजनीतिक नेतृत्वमा र कर्मचारीतन्त्रमा जहाँ छ, ती देशहरु पछि परेका छन् । विकास गर्ने निजी क्षेत्रले नै हो । निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यलाई गुणात्मक बनाउने उद्घोष गरेर नै मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएको हो,’– उनले भने ।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास नहुने दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले ‘कन्ट्रोल’ भन्दा पनि सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, आसन्न लगानी सम्मेलनलाई सफल तुल्याउन सबैले सकारात्मक भावमा काम गर्नुपर्ने उनको भनाइ छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot