Logo

राजेन्द्र लिङ्देनले भने: हिनताबोध नगरौँ,नेपालमा पनि राजसँस्था पुनःस्थापना गरौँ



काठमाडौं,११ वैशाख । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजा तमीम विन हमद अल थानीको भ्रमणलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका छन् ।

थानीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व उपप्रधान तथा उर्जामन्त्री लिङ्देनले लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजालाई अत्यन्तै लोकप्रियको संज्ञा दिएका छन् ।

‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो’ उनले भनेका छन् ।

लिङ्देनले नेपालमा पनि अभिभावकिय रुपमा राजतन्त्र पुनःस्थापित गर्न दलहरुसँग माग गरेका छन् ‘त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौंँ ! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot