Logo

प्रदीप पौडेलको रास्वपालक्षित टिप्पणीः ‘जनताले पुरानाभन्दा पनि नयाँ खराब रहेछन् भन्न थाले’



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जनताले पुराना दलभन्दा पनि नयाँहरु खराब रहेछन् भन्न थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) परिवर्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समय नयाँ दलमाथि जनताले विश्वास गरेपनि अहिले नयाँ भनिने दलहरुले पनि जनताको विश्वास गुमाएको बताएका हुन् ।

‘मान्छेहरुमा पछिल्लो समय नयाँमाथि भरोसा थियो । नयाँ त पुरानाभन्दा पनि खराब रहेछ भन्ने सन्देश बाहिर गइसकेको छ । नेतृत्वको प्रवृत्ति मिल्यो । सबै सत्ता प्रधान हुन् भन्ने कुरा दलहरुले मान्नुभयो,’– उनले भने ।

सुशासन भएन नभने लोकतन्त्रका अरु सूचाङ्कहरु खतरामा पर्ने उनको उनको भनाइ छ । उनले लोकतन्त्र समाप्त हुने स्थितिमा दलहरुले नै पुर्याएको दाबी गरे ।

उनले नागरिकमा चेतनाको स्तर एकदमै बढेको बताए । नागरिकमा चेतना बढेको कारण राजनीतिक दललाई दवाब महशुस भइरहेको उनको भनाइ छ । जनताले सही ढंगले भने दवाब सिर्जना गर्न अझै पनि नसकिरहेको उनको भनाइ छ । दवाब रियाक्सन जस्तोमात्रै देखिएको उनको भनाइ छ ।

साथै, राजनीतिमा जनताको विश्वास नभएको कारण नेतृत्व नैतिकवान नहुने नै रहेको उनको दाबी छ । उनले तमाम विषयलाई सुधार गर्दै जाने हो भने यही लोकतन्त्रले समुन्नती दिने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot