Logo

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा विश्वासको मत लिने तयारी



काठमाडौं, १० वैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी थालेका छन् । विश्वासको मत लिने प्रयोजनार्थ उनले आज (मंगलबार) प्रदेश संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले आगामी विहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

सरकार गठन भएको लामो समयसम्म कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ दलबीच भागबण्डामा कुरा नमिलिरहेको अवस्थामै उनले विश्वासको मत लिने तयारी थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्