Logo

कोशीले लगातार पाँचौं खेल हार्दा गण्डकीले निकाल्यो दोस्रो जित



काठमाडौं । राजधानीमा जारी वीर गणेशमान सिंह टी-२० क्रिकेटमा कोशी प्रदेशले लगातार पाँचौ हार भोगेको छ । आज भएको खेलमा कोशी प्रदेश गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भयो ।

कोशीले दिएको १५६ रनको चुनौतीपूर्ण लक्ष्य गण्डकीले १ बल बाँकी रहँदा पूरा गर्यो । गण्डकीका लागि दिनेश बुढामगरले ३३, इश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, अर्जुन रायमाझीले २३ तथा दिपक डुम्रे र कप्तान विपीन खत्रीले समान १८ रन जोडे । बलिङतर्फ कोशीका प्रकाश कार्कीले २ तथा श्रवन यादव, दिपेश कँडेल, श्रवण किस्कु, र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए ।

यसअघि माथिल्लो मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन जोडेको थियो । कोशीका लागि सोनु अन्सारीले ४४, मिनांस थापाले ४३, कप्तान अंकित सुवेदीले ३२ तथा श्रवण यादवले २१ रन जोडेका थिए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारीले ३ तथा विपिन खत्री र अमृत गुरुङले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्