Logo

‘पुत्ला जलाएको ठीक छ भाइ हो, फोटो चाहीँ अलि ह्याण्डसम राख क्या !’



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पत्रिकामा आएको गलत समाचारको हेडलाइनको हिलो पन्छाएर अगाडि बढ्ने बताएका छन् । आज (बुधबार) इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरुलाई सहकारी ठग भनेर सडकदेखि सदनसम्म अवरोध गरेपनि हिजो पन्छाएर अगाडि बढ्ने बताए ।

उनले केही समयअघि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई लक्षित गर्दै उनले पुत्ला जलाएकोमा टिप्पणी गरे । उनले पुत्ला जलाउँदा फोटो अलि ह्याण्डसम राखिदिन समेत आग्रह गरे ।

‘यिनीहरु ठग हुन्, यिनीहरुले सहकारी ठगे, देश बवार्द पारे । सदनदेखि सडकसम्म मुर्दावाद । अस्ती पुत्ला पनि जलेको रहेछ । अस्ती हेरेको पुत्ला जलाउँदै रहेछन् । पुत्ला जलाएको ठीक छ कि भाइ हो, फोटो चाहीँ अलि ह्याण्डसम राख क्या मेरो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्