Logo

एमालेको चुनावी सभालाई सम्बोधन गर्दै कलाकार राजा राजेन्द्रले भने, ‘रास्वपाले स्वतन्त्र हुँ भन्न पनि दिएन’



काठमाडौं, १२ वैशाख । कलाकार राजा राजेन्द्रले आसन्न उपनिर्वाचनमा इलाम–२ मा सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् । आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुहाङलाई पुनारो ब्राण्डको नयाँ प्रोटक्टको रुपमा चित्रण गरे । उनले आगामी पुस्तालाई न्याय गर्न आग्रह गरे । नयाँ हुँदैमा पार्टी राम्रो हुने भए ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय’ भनेर रेशम चौधरीले रञ्जितालाई भन्न नपर्ने उनको टिप्पणी छ ।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै आफूहरुले सबैभन्दा बदमास गोरुलाई घाँटीमा घण्टी झुण्ड्याइने गरेको व्यङ्ग्य गरे । साथै, कलाकार कुनै पनि दलको नहुनु पर्नेमा स्वतन्त्र हुँ भन्न पनि रास्वपाले नदिएको बताए ।

रवि लामिछाने जनयुद्धमा देश डुम्दैगर्दा देशै छाडेर हिँडेको र टेलिभिजन डुब्दैगर्दा टेलिभिजन नै छाडेर हिडेको टिप्पणी गरे । उनले त्यस्ता मान्छेको भरमा देश छाड्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot