Logo

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौं । जम्मा ५ पटक बसेर बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अत्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने संवैधानिक व्यवस्था छ। १५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।

हिउँदे अधिवेशन अन्तर्गत ५ दिनमा ५ घण्टा ११ मिनेट मात्रै बैठक चलेको प्रदेश सभा सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्