Logo

कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न



काठमाडौं,१३ वैशाख । कतारका राजाको नेपाल भ्रमणको अवसरमा नेपालले २ वटा हात्ति दिन लागेको बारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आपत्ति जनाएका छन् ।

बालेनले हात्ति उपहार दिनु कानूनी रुपमा वैध नभएको तर्क गरेका छन् । ‘पशु उपहार दिनु वा बेच्नु कानूनी हो ?’ उनले भनेका छन् ‘म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ?। कतारमा पशु अधिकार भन्दा कम मानव बेच्ने राष्ट्रमा पशु अधिकार एक मजाक हो’ उनले भनेका छन् ।

कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो ।

यद्यपि, विभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती लगिसकिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot