काठमाडौं,१३ वैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुमति दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।