Logo

मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना कृषिमा छः माधव नेपाल



काठमाडौँ, १३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले १६औं योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

साथै, वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने उनको भनाइ छ । नीतिगत त्रुटि हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिइनुपर्ने बताए ।

त्यसैगरी, जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने उल्लेख गर्दै उनले यी क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, उपप्रधानमन्त्रीहरु, मुख्यमन्त्री, सङ्घीय संसद्का समितिका सभापति, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतको उपस्थिति थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot