Logo

उपलब्ध स्रोत साधनको उपयोग गर्न कानुनमा सुधार आवश्यक छः मन्त्री अर्याल



काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक दल, कर्मचारीतन्त्र र आम नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

साथै, मुलुकको विकास र समृद्धिका लागि आवश्यक स्रोत साधन मुलुकमै हुँदा पनि कानुनी उल्झनले गर्दा आयातमा निर्भर हुनुपरेको उनको दाबी छ । उनले उपलब्ध साधनस्रोतको उपयोग गर्न ऐन कानुनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । आयातमा मात्रै निर्भर नभएर उत्पादन अभिवृद्धि गरेर जानु पर्ने उनको जोड छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, उपप्रधानमन्त्रीहरु, मुख्यमन्त्री, सङ्घीय संसद्का समितिका सभापति, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot