Logo

प्रदेशलाई स्रोत र साधनबाट सबल नबनाई मुलुकको समृद्धि हुन सक्दैनः मन्त्री यादव



काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयतालाई मजबुद बनाउने गरी योजना अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रदेशलाई स्रोत र साधनबाट सबल नबनाई मुलुकको समृद्धि हुन नसक्ने बताएका हुन् ।

साथै, उनले प्रदेशमा जनशक्ति नरहेको र प्रभावकारी कामका लागि कानुन आवश्यक रहेको उनले बताए । उनले मुलुकको विकासका लागि योजनाबद्ध विकास अवधारणा अघि बढाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, उपप्रधानमन्त्रीहरु, मुख्यमन्त्री, सङ्घीय संसद्का समितिका सभापति, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot