Logo

सबै दल जिम्मेवार भएर मुलुकको समृद्धिका निम्ति साझा लक्ष्यका साथ अघि बढ्न जरुरी छः रञ्जिता श्रेष्ठ



काठमाडौं, १३ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले राजनीतिक तथा न्यायिक क्षेत्रमा सुशासन कायम गर्नुपर्ने बताएकी छन् । आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले स्वास्थ्य शिक्षा, रोजगार, आवास र अन्य क्षेत्रमा सामाजिक न्याय स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाइनुपर्ने बताएकी हुन् ।

साथै, १६औं योजनाले लिएको लक्ष्य र उद्देश्य हासिल गर्न सबै तहबीचको अन्तरसम्बन्ध मजबुद बनाइ कार्यात्मक क्षमताको भरपुर उपयोग गर्नुपर्ने उनको भनाइ छ । उनले सबै राजनीतिक दल जिम्मेवार र एकताबद्ध भई मुलुकको समृद्धिका निम्ति साझा लक्ष्यका साथ अघि बढ्न जरुरी रहेको बताईन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, उपप्रधानमन्त्रीहरु, मुख्यमन्त्री, सङ्घीय संसद्का समितिका सभापति, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतको उपस्थिति थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot