Logo

कर्णाली प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत (लाईभ)



काठमाडौं,१३ वैशाख । कर्णाली प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेश सभा भवन सुर्खेतमा बैठक सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनेछन् ।

चैत २७ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा कँडेल मुख्यमन्त्री नियुक्त भएका थिए ।

सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।

कर्णाली प्रदेश सभामा बहुमत पुर्‍याउन २१ मत चाहिन्छ।

विश्वासको मत माग्दै मुख्यमन्त्री कँडेलले आफूले प्रतिपक्षीले कुनै पनि प्रश्न उठाउन नपर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो । कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप हाेहलल्लाका लागि सबै माननीयले विश्वास गर्नुहुने छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot