काठमाडौं । विश्वासको मत लिन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले कँडेललाई विश्वासको मत नदिने जानकारी गराएका छन् । ‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ,’ उनले भने ।
चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबण्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ ।