Logo

महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं,१३ वैशाख । कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर माव डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको आरोपमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतविरुद्ध मुद्दा दर्ता गरेको छ ।

त्यस्तै महावै वडा नं ३ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीले पनि सडक निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार दुई सय सत्तरी रुपैयाँ बढी भुक्तानी गरी आफूहरुलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुऱ्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरु४ आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्