Logo

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत



काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भन्ने प्रस्ताव प्रदेश सभाका पेश गरेका थिए ।

मुख्यमन्त्री कँडेलको प्रस्तावको पक्षमा २३ सांसदले मतदान गरेका छन् । त्यस्तै, विपक्षमा १२ सांसदले मतदान गरे भने एक जना सांसद तटस्थ बसे । कँडेललाई नेकपा (एमाले) का ९, नेकपा (माओवादी केन्द्र) का १३ र एकीकृत समाजवादीका १ सांसदले मत दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot