Logo

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वसांसद आङटावासहित दुई जनालाई धरौटीमा छाड्न आदेश



काठमाडौं, १३ वैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले शेर्पा र चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको हो । शेर्पासँग३० लाख र चौधरीसँग १० लाख धरौटी माग गरिएको छ ।

त्यस्तै, सोही प्रकरणमा थुनामा रहेका एमालेका नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा.इन्द्रजित राई र सानु भण्डारीलाई भने धरौटीमा छाड्न अस्वीकार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्