Logo

इलामका सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी, अहिलेसम्म २३ हजारभन्दा बढी मत खस्यो



काठमाडौं, १५ वैशाख । इलाम–२ का प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनअन्तर्गत भइरहेको उक्त मतदानमा अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको बताइएको छ । इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । अहिलेसम्म खसेको मत २० प्रतिशत भन्दा बढी हो ।

विहान ७ बजे सुरु भएको मतदान अहिलेसम्म सबैतिर मर्यादित रूपमा सञ्चालन भइरहेको छ । इलाम– २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot