Logo

एमालेले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई सचेत गरायो



काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई सचेत गराएको छ । केन्द्रीय विभागले खतिवडाले ओखलढुंगा जिल्ला अधिवेशनमा पक्षधरता देखाएको आरोपमा सचेत गराएको हो ।

एमाले प्रदेश अध्यक्ष खतिवडाले ओखलढुंगा जिल्ला अधिवेशनमा आफ्नो पक्षधरलाई फाइदा पुग्नेगरी जिल्ला कमिटी सदस्य,गाउँपालिका कमिटी अध्यक्षसहितका जिम्मेवार ६ जना नेताको सदस्यता नवीकरण नगरिदिएको आरोप छ ।

विभागले आगामी दिनमा यस्तो प्रकारका कमीकमजोरी नगर्न भन्दै सचेत गराएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot