Logo

इलाम-२ को मतगणना सुरू



काठमाडौं,१६ वैशाख । शनिबार भएको इलाम-२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

इलाम नगरपालिका ७ को गौतमबुद्ध सभाहलमा मतगणना सुरु भएको हो । यसअघि बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको थियो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाका मिलन लिम्बु, पहिचानवादीबाट डेकेन्द्रसिंह थेगिमसहित १९ जना उम्मेदवार मैदानमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot