काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालको लागि खेलको ९।६ ओभरमा कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन् ।
कुशल भुर्तेलको बलमा रोस्टन चेश आउट भएका छन् ।
कुशलको बल भएपछि चेश २२ बलमा २३ रन बनाउँदै बोल्ड आउट भएका हुन् ।
यसअघि खेलको २।२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट गरेका थिए। उनी ६ बलमा ६ रन जोड्दै आउट भए ।
त्यस्तै २।५ ओभरमा सागर ढकालकै बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् ।
ताजा अवस्थामा वेष्टइन्डिजले १० ओभरमा ३ विकेट गुमाएर ६४ रन जोडेको छ ।