Logo

खुट्टामा समस्या आएपछि लोकेश रिटायर्ड हर्ट



काठमाडौं,१६ वैशाख । वेस्टइन्डिज ए विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर लोकेश बम घाइते भएका छन् ।

उनी ब्याटिङका क्रममा लडेका थिए । खुट्टामा समस्या आएपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको छ ।

लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह मैदान प्रवेश गरेका छन् ।

 ‘रिटायर्ड हर्ट’ हुनुअघि लोकेशले १२ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए ।

तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot