Logo

इलाम-२ मा डम्बरभन्दा ८२ मतले पछि परे सुहाङ



काठमाडौं,१६ वैशाख । काठमाडौं,१६ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खड्का अगाडि देखिएका छन्। दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्बाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्।

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot