Logo

इलाम-२ मा माधव नेपालका उम्मेदवारलाई शून्य मत



काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउन सुरु गरेको छ ।

प्रारम्भिक मतपरिणामअनुसार,नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले शून्य मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन् । कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot