Logo

बझाङमा कांग्रेसभन्दा एमालेका भण्डारी दोब्बर मतले अगाडि



काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुआती अग्रता लिएका छन् उनले ६१५ मत ल्याउँदा नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ तथा माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् । यो छबिरपाथिभेरा गाउँपालिका वडा नम्बर १ र२ को मत परीणाम रहेको एमाले ेकन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot