Logo

रोहितको अर्धशतकका बाबजुद नेपाल पराजित 



काठमाडौँ । नेपाल र वेष्टइन्डिज ए बीचको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा वेष्ट इन्डिज विजयी भएको छ । नेपाल १० रनले पराजित भएको हो ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जितका लागि १६१ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सक्यो ।

कप्तान रोहित पौडेलमात्र टिकेको खेलमा पौडेलले ४८ बलमा अविजित रहँदै ७१ रन बनाए ।

त्यस्तै गुल्सन झाले ११ बलमा २६, लोकेश बलमे १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा ११ रन बनाए ।

त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । वेष्ट इन्डिजका लागि गुडाकेश मोटी र अबेड म्याक्कोएले २–२ विकेट लिए । तीन खेलाडी रन आउट भए ।

खेलमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रनमात्र बनाउन सक्यो ।

यसअघि वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

आन्द्रे फ्लेटचरले ३६ बलमा ४३ रन बनाए । गुडाकेश मोटीले ८ बलमा अविजित रहँदै ३३ रन बना । त्यस्तै कप्तान रोस्टन चेजले २२ बलमा २३ रन जोडे ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot