Logo

सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा



काठमाडौं,१६ वैशाख । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदन आज पनि हेर्न नभ्यानेमा परेको छ ।

सन्दीपले दायर गरेको पुनरावेदन रिटको सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, समय अभावका कारण सो ुमद्दा हेर्न नभ्याईएको हो ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot