Logo

बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता कायमै, तेस्रोमा झर्‍यो कांग्रेस



काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भईरहेको छ ।

छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३,४,५ र ६ को मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् ।

एमाले उम्मेदवार भण्डारीले एक हजार ५ सय ५ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन्।

तेस्रो स्थानमा ओर्लिएमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ सय १८ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाएका छन्। राप्रपाका किशोर खड्काले २० मत पाएका छन्। ६७ मत बदर भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot