Logo

इलाम–२: डम्बर र सुहाङबीचको मतान्तर २८ मा झर्‍यो



काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउनेक्रम जारी छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको हो।

जसमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काको अग्रता कायमै छ। खड्काले १६ सय ५८ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले १६ सय ३० मत प्राप्त गरेका छन्। उनीहरूबीच २८ मतको अन्तर छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार मुढा चिन्हका डकेन्द्रसिंह थेगिमको ३७० र रास्वपाका मिलन लिम्बूको ३०८ मत छ ।

अहिले वडा नम्बर ४ को गणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot