Logo

उपनिर्वाचनः बझाङमा एमालेका भण्डारीको अग्रता काममै, पछ्याउँदै माओवादीका बुढा



काठमाडौं, १६ वैशाख । बझाङमा हालै सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । अहिले नेकपा (एमाले) का उम्मेदवार दमण भण्डारीले अग्रता कायमै राखेका छन् ।

भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएर दोस्रो स्थानमा छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ पाएका छन् ।
अहिलेसम्म छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot