Logo

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय निर्धारण



काठमाडौं, १६ वैशाख । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतले लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय निर्धारण गरेको छ । उक्त मुद्दामा न्यौपानेलाई २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाइएको थियो ।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दोषी ठहर भएका थिए । दोषी ठहर भएका न्यौपानेको मुद्दामा सजाय निर्धारणका लागि आज (आइतबार) पेशी तोकिएको थियो । उनको १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसको सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट खुल्न आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot