Logo

इलाम-२: सुहाङले झनै बढाए अग्रता, रुखलाई पछ्याउँदै मुढा



काठमाडौं,१७ वैशाख । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको निरन्तर अग्रता कायमै छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ९ हजार ४८४ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार ६३१ मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ८५३ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ५९५१ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १४०१ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot